म अब आफू बन्छु

 तिमिले बनाउन चाहे जस्तो 

तिमिले देख्न चाहे जस्तो 

बन्न खोज्दा खोज्दा 

थाकी सके म


तिमिले तिम्रा साँगुरा खुट्टाको नापमा

मेरा लागि जुत्ता बनाएर दियौ 

र अपेक्षा गर्यौ 


तिनै जुत्ता लगाएर हिडौं

म आफ्नो यात्रामा 


त्यसो पनि मैले नगरेको हैन

तर तिम्रो चित्त बुझाउनै सकिन 

तिमिले ठ्याक्कै के चाहेको हौ म बाट 

बुझ्ने कोसिस गरिरह्यें मैले


तर बदलामा 

तिमिले मेरो हरेक पाईला लाई

गल्ती नै सावित गरि रहयौ

अब त मेरो आत्मा नै चिसाई सक्यो 

थाकी सक्यो


मैले अब तिमी जस्तो नभएर 

आफैं जस्तो बन्न सिक्नु जरुरी छ।

Comments

Popular posts from this blog

यस कारण सम्भव छ जुम्लामा एमबिबिएस

त्यो जोखिमपूर्ण उपचार

मेरो सहरमा भाइरस छिरेको छ रे !