मेरो सहरमा भाइरस छिरेको छ रे !

प्रभातमा 

मेरो घरछेउ बज्ने 

मन्दिरको घन्टीहरुका आवाज 

सुन्न नपाउदा 

आजकल, 

म बहिरो बनिरहेकाे छु,

मोटरगाडीका कानै खाने 

टड्कारा हर्नहरु 

सुनिन छाडेका छन्,

बज्छन् त केबल

एम्बुलेन्सकाे साइरन

जिन्दगि को युद्ध जित्न,

किनकि, 

मेराे देशमा भाइरस छिरेकाे छ।


बिरामी शरीर लिएर 

म महिनौ कोठामा थलिदापनि 

पल्लो कोठाको 'हेल्लो हाइ' 

मैले सुन्न पाएको छैन, 

यन्त्र मानवहरु 

पैसा बनाउने मेसिन जस्तै 

बेखबर छन्,

यो प्रेम र ममता सङ्ग

लोपोन्मुख मानवता सङ्ग

किनकि, 

मेराे अाफन्त हरु भाइरसकाे त्रासमा

गाउँ फर्कि सके।


दिन भर सुर्य नदेखेको 

सूर्यमुखीको शरीर जस्तै 

मेरो मन ओइलाइ रहेकाेछ,

यी मसानघाट झैँ लाग्ने 

काला कंक्रिटका जंगलहरु भित्र, 

यो निलो आकाश 

म बस्ने घरको 

कयौ तल्लाहरु माथि 

झुण्डिएझैँ लाग्दा 

मेरो चन्द्रसुर्य फहराएको 

देख्न पाएको छैन,

किनकि, 

मलाई हर पल काेराेनाले लखेट्दै छ।


यो साेकेसमा 

सजिएका सुगंधहिन फूलहरु 

यो स्क्रिनमा झर्दै गरेको 

सेतो झरना 

याे टिभीमा देखाइएका 

अर्थहिन दृश्यहरु

मलाई फकाएझैँ गर्दैछन्, 

फ्रिजभरि सजिएका 

स्वाद भरेका जुसहरु, 

त्यो ठेकीको महि भन्दा 

खल्लो छ , 

नमिठो छ 

किनकि, 

म भाइरसले ग्रसित भै सकेछु।


तनाब छ

आक्रोश छ 

सबैतिर,

दुनियादेखि विरक्तिएकाहरु 

निदाउन नसकेर 

स्लिपिङ्ग ट्याब्लेट खाइरहेछन, 

मनलाई खुशीपार्न 

कृतिम सान्त्वना दिइरहेछन, 

अनि म

बाचेको अभिनय गर्दैछु 

यो नरकमा, 

किनकि म काेभिड-१९

सङ्ग लड्दैछु।।


Comments

Popular posts from this blog

यस कारण सम्भव छ जुम्लामा एमबिबिएस

त्यो जोखिमपूर्ण उपचार