रुवाई

 


हजारौ हाँसोमा नआएको मज्जा

त्यो रुवाइमा थियो,

यस्तो रुवाइ रुन पाइन्छ भनी

म हजारौँ खुशिको हत्या गर्न सक्थे।

उनी मेरो छातिमा लपक्क टासिएको थिइन्

उनको तातो आँसु बगेर 

मेरो छातिलाइ भिजायो 

अहाे, त्यसरी  भिज्नुमा पनि मज्जा आयो!

पहिलो पल्ट उनलाई रोक्न मन लागेन,

पहिलो पल्ट मन लागेन कि

म उनको आँसु पुछिदेउ

उनले अन्तिम पल्ट आँसु पुछ्दै भनीन्

साना तिमिलाइ थाहा छ,

सन्सारमा सबभन्दा 

भाग्यमानी मान्छे मै हु जस्तो लाग्छ

कि म त्यो ब्यक्तिलाइ प्रेम गरिरहेकि छु 

जसले संसारमा सबभन्दा धेरै प्रेम मलाई गर्छ ll


Comments

Popular posts from this blog

यस कारण सम्भव छ जुम्लामा एमबिबिएस

त्यो जोखिमपूर्ण उपचार

मेरो सहरमा भाइरस छिरेको छ रे !