मैले नि आमाकाे मुख हेरे
गाउको हावा
उक्लिदै उकालि र ओरालि
चड्दै देउरालि भञ्याङ
म पुगे आफ्नै रनबन
आमाको मुख हेर्न
उ बिर्खे पनि लाहुर बाट फर्किदै रहेछ
ठुलो रेडियो काद मा भिरेको छ
आफु पनि गुन गुनाउदै छ
खै हिन्दि गित होलाकि॥॥
म पनि देउरालि भञ्याङ चिरोल्दै
बिर्खेको लाहुर को अनुभब बटुल्दै
पाहिला अगाडि बढाउदै छु।
बिर्खेले घरि घरि गाउलाइ
सराप्दै हिडिरहेकोछ,
किनकि उ त सहरिया भै सक्यो नि त
घरि रिसाइरहेको छ
अनि बेला बेलाम
नेता हरु लाइ गालि गर्छ,
र, भन्छ चोर हरुले देश खत्तम पारे॥॥
स्थानिए चुनाबको चटारोले
गाउ पुरै तातेको सुनेको थे
साचै तातिराको रछ
दुनिया पार्टिका झण्डा र ब्यानरहरुले
गाउ रङिबिरङि भएको छ
कहि कतै भेला बैठक हरु हुदैरछन॥
सन्ध्या कालिन समय
बेलुकि को ४ बज्दै छ
लु मेरो गाउ पनि त देखिन थाल्यो
मेरो आखा रसायो
आफ्नो गाउ आफ्नो परिबेस देखेर॥
अनि चिशो हावा ले घरि घरि
जिस्क्याइ रहेको आभास भैरहेको छ।
ओ हो लु गाउ मा पो पुग्न लागे त!
आमा पनि आगन मै हुनु हुदो रहेछ॥
तल खेल्न आयेका ननि हरु ले त चिन्न छोडेछन
चिनोस पनि कसरि, उनिहरु साना थिय म घर छोड्दा॥
बिर्खे पनि आफ्नो बाटो लागेछ॥
को ले हो आमा लाइ सुनाइ सकेछ
तपाइको छोरा आउदै छ भनेर,
आमा हतार हतार घरभित्र छिर्नु भाको मैले देखे॥
मलाइ स्वागत को टिका बनाउन लाइ होला
अनि म पनि आगन मा झोला बिछ्यायर बसे॥
आमा आसु पुछ्दै निक्लिनु भो
अनि टिका लगायर अङालो मा पार्दै चुम्न थाल्नु भो॥
मेरो नि आखा रसायो
१० बर्स भयछ आमा को मुख नहेरेको!!
अनि आमा लाइ बुवा खोइ भनेरसोधे
सदरमुकाम जानु भाको रछ स्कुल को काम मा॥
अनि गाइ बाछा र बारि तिर हेरे॥
छेउको बारी मा स्याउ आरुको फुलहरु फुलेको रछ
मनैउज्यालो पार्ने अरेर॥
अनि आमाले सोध्नु थाल्नुभो
के छ त बाबु किन आइस त
यो बेसिजनमा आफ्नो काम छोडेर
मैले आफ्नो पहिलो तलब पाच हजार
आमाको हातमा राखेर आमाको पाउ ढोगेर भने
आमा हजुरको मुख हेर्न आएको
आज मातातिर्थ औसि॥॥
Comments
Post a Comment