Posts

Showing posts from March, 2021

बा मलाई अझै पिट्नु हुन्छ र!

  'भाउअ उठ्ठैनस्, बेल (घाम लाग्याे) आग्या त। अबेला भैगाे', हजुरआमाले ढाेका ढकढक्याउनु भाे। म जुम्लाबाट ट्याक्टरमा काठमाडौं जाँदै गरेकाे सपना देख्दै थिएँ। भर्खर कलंकी पुगेकाे थिएँ। हजुरआमाले ढाेका ढक्ढक्याउदा झसङ्ङ भएँ। म त ओच्छ्यानमै रहेछु। मलाई जहिले पनि बिहानपखकाे निद्रा औधी प्याराे लाग्छ। सिरक च्यापेर एकछिन त सुत्न दिनू भन्दै कड्किए। मैले केही बेर अघि देखिरहेको सपनाकाे निरन्तरता चाहिरहेकाे थिएँ। जुन मेरा लागि असम्भव नै भइदियाे। जुम्लातिर जाैँ काटिसक्ने बित्तिकै राेपाइँकाे चटाराे सुरु हुन्छ। चटाराे यति धेरै हुन्छ कि 'मान्छे मरिहाल्याे भने पनि गुटुमुटु पारेर काममै जानुपर्छ' भन्ने छ। राेपाईंकाे लागि खेतमा पानी लगाउन जान पर्ने थियाे। पढाइसँगसँगै घरकाे सम्पूर्ण कामहरु गर्नुपर्थ्याे। बाबा व्यापारकाे लागि घर बाहिर हुने हुनाले प्राय: घरकाे काम मैले गर्नुपर्थ्याे। त्याे बेलामा दाजु उच्च शिक्षा अध्ययन गर्न पाेखरामा हुनुहुन्थ्यो। घरमा कसैकाे पनि भरपर्दाे खाले जागिर थिएन। बाबा गलैँचा, राडीपाखी, कम्बल, केही जडिबुटीहरुकाे व्यापार गर्न सधैFजसाे घरबाहिर हुनुपर्थ्याे। मेराे र भाइकाे ...

जुम्ला टु काठमाडौं बाई ट्याक्टर

एसएलसी दिएर बसेकाे दुई महिना भइसकेकाे थियाे। दाइले मलाई चाँढाे काठमाडौं पठाउनु पर्‍याे भनेर बारम्बार खबर पठाई रहनु भएकाे थियाे।  जेष्ठकाे महिना जुम्लातिर कामकाे निकै चटाराे हुन्छ। पहिलाे हप्तामा जाै काटेर लगत्तै राेपाई गरिहाल्छन्। जाै काट्न पनि जति बेला मन लाग्छ त्यति बेला पाइदैन। सबै गाउँलेको  सल्लाहमा एउटा निश्चित दिनमा मात्र पाइन्छ। हाम्राेमा तीन दिनमा जाै काटेर घरमा थन्काउने काम भयाे।  २०६४ जेष्ठ १३ गते यात्रा गर्नलाई  राम्राे दिन थियाे। साेहि दिनमा म काठमाडौं हिड्ने सल्लाह भयाे। मेराे बाबा ज्याेतिष हुनाले हाम्राे घरकाे जाे काेहिले पनि घरबाट बाहिर जाँदा अहिले पनि पात्राे र दिन हेराएर राम्राे दिनमा मात्र निस्किन पाइन्छ। म पनि काठमाडौं  चाढैँ जानू पर्छ भनेर आतुर थिए। काठमाडौं चाढै पुगेर ब्रिज काेर्ष पढ्ने याेजना थियाे। १२ गते बेलुका तिर आमा र हजुर आमाले दाजुलाई अन्नि (काेशेली) बनाउन थाल्नु भयाे। अर्सा, लाडु(कसार), सेलरोटी लगाएतका खाने कुराहरु र मेरा केही किताब अनि कपडा राखेर मेराे काठमाडौं लैजाने झाेला तयार भयाे। अन्नि हाल्दा हाल्दै हजुरआमा भक्कानिएर रुन थाल्न...