Posts

Showing posts from May, 2025

स्वास्थ्य नीतिको अन्योल, डेन्टल डाक्टहरुलाई उपेक्षा

Image
  डा. भूमेश काफ्ले बिहीबार, वैशाख १८, २०८२   १५:१२ 635 Shares नेपालको स्वास्थ्य नीति हाल गम्भीर मोडमा उभिएको छ- जहाँ नीतिगत अस्पष्टता, अल्पकालीन सोच र पेशागत सम्मानको अभावले विशेषगरी डेन्टल चिकित्सकहरूको भविष्य झनै अन्योलमा परेको छ।  भर्खरै स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा ५/१०/१५ सैय्याको अस्पतालहरूमा डेन्टल डाक्टर नराख्ने र त्यसको साटोमा डेन्टल हाईजिनिष्ट राख्ने मन्त्रीस्तरीय निर्णय गर्योय। यो निर्णयले देशभरिका डेन्टल चिकित्सक र चिकित्सक समुदायलाई स्तब्ध बनाएको छ। यो कदम न केवल डेन्टल डाक्टरहरूको अपमान हो, यो सम्पूर्ण नागरिकहरूको मौखिक स्वास्थ्यप्रति गरिएको लापरवाही पनि हो। सैद्धान्तिक रूपमा, स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार हो। तर व्यावहारिक रूपमा, योग्य जनशक्ति उपेक्षित हुँदा, यो अधिकारको अभ्यास असम्भव बन्छ। नीति निर्माणमा देखिएको विरोधाभास अचम्म त तब लाग्छ जब सरकारले एकातर्फ निजी कलेजहरूमा डेन्टल सिटको संख्या बढाउने निर्णय गर्न खोज्दैछ, भने अर्कोतर्फ डेन्टल चिकित्सकहरूलाई अवसरविहीन बनाउने नीति मन्त्रिस्तर बाट कार्यान्वयन गर्छ।  यदि डेन्टिस्टह...