प्रिय फूल
प्रिय फूल (राताे, कालाे, पहेँलो, निलाे, सेताे......) जतिपनि फुलहरू याे संसारमा फुलेकाे देखे सबै फुल हरु फिक्का थिए तिम्राे सामु। प्रिय फूल मैले तिमिलाई याे या त्याे फुल भनेर नामाकरण गरिन मेराे लागि तिमी हरेक बसन्तमा फुलिने फुल हाै। प्रिय फूल तिमी हिलाेमा फुलिनु या मैदानमा भिरमा फुलिनु या चट्टानमा बगैंचामा फुलिनु या गमलामा तिमी यसरी नै ढकमक्क फुलिरहनु। म तिमिलाई हरेक ऋतुमा फुलिरहेकाे हेर्न पाउ। म तिमिलाई हरेककाे हृदयमा फुलिरहेकाे देख्न पाउ। तिम्राे सुन्दरतामा म त्यसै मदहाेश छु। तिम्राे सुगन्धमा त्यसै नतमस्तक छु। प्रिय फूल जसरी म याे दुई बर्ष तिमिसङ्ग हुन पाए तिम्राे हरेक सुगन्धकाे म सङ्ग संग्राहलय बनेकाे छ। प्रिय फूल तिम्राे कारणले मेराे याे दुई बर्षकाे यात्रा जिन्दगीको अबिस्मरणिय यात्रा भयाे। तिम्राे हसाई, तिम्राे रुवाई, तिम्राे रिसाई, तिम्राे माया, तिम्राे तिरस्कार, हरेक पल उत्तिकै प्याराे लाग्थ्याे मलाई। प्रिय फूल तिमी जसकाे अाँगनिमा फुले पनि मैले तिमिलाई...