Posts

स्वास्थ्य नीतिको अन्योल, डेन्टल डाक्टहरुलाई उपेक्षा

Image
  डा. भूमेश काफ्ले बिहीबार, वैशाख १८, २०८२   १५:१२ 635 Shares नेपालको स्वास्थ्य नीति हाल गम्भीर मोडमा उभिएको छ- जहाँ नीतिगत अस्पष्टता, अल्पकालीन सोच र पेशागत सम्मानको अभावले विशेषगरी डेन्टल चिकित्सकहरूको भविष्य झनै अन्योलमा परेको छ।  भर्खरै स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा ५/१०/१५ सैय्याको अस्पतालहरूमा डेन्टल डाक्टर नराख्ने र त्यसको साटोमा डेन्टल हाईजिनिष्ट राख्ने मन्त्रीस्तरीय निर्णय गर्योय। यो निर्णयले देशभरिका डेन्टल चिकित्सक र चिकित्सक समुदायलाई स्तब्ध बनाएको छ। यो कदम न केवल डेन्टल डाक्टरहरूको अपमान हो, यो सम्पूर्ण नागरिकहरूको मौखिक स्वास्थ्यप्रति गरिएको लापरवाही पनि हो। सैद्धान्तिक रूपमा, स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार हो। तर व्यावहारिक रूपमा, योग्य जनशक्ति उपेक्षित हुँदा, यो अधिकारको अभ्यास असम्भव बन्छ। नीति निर्माणमा देखिएको विरोधाभास अचम्म त तब लाग्छ जब सरकारले एकातर्फ निजी कलेजहरूमा डेन्टल सिटको संख्या बढाउने निर्णय गर्न खोज्दैछ, भने अर्कोतर्फ डेन्टल चिकित्सकहरूलाई अवसरविहीन बनाउने नीति मन्त्रिस्तर बाट कार्यान्वयन गर्छ।  यदि डेन्टिस्टह...

प्रिय फूल

 प्रिय फूल  (राताे, कालाे, पहेँलो, निलाे, सेताे......)  जतिपनि फुलहरू  याे संसारमा फुलेकाे देखे  सबै फुल हरु फिक्का थिए तिम्राे सामु।  प्रिय फूल मैले तिमिलाई याे या त्याे फुल  भनेर नामाकरण गरिन  मेराे लागि तिमी  हरेक बसन्तमा फुलिने फुल हाै।  प्रिय फूल तिमी हिलाेमा फुलिनु या मैदानमा भिरमा फुलिनु या चट्टानमा बगैंचामा फुलिनु या गमलामा तिमी यसरी नै ढकमक्क फुलिरहनु।  म तिमिलाई हरेक ऋतुमा फुलिरहेकाे हेर्न पाउ।  म तिमिलाई हरेककाे हृदयमा फुलिरहेकाे देख्न पाउ। तिम्राे सुन्दरतामा म त्यसै मदहाेश छु।  तिम्राे सुगन्धमा त्यसै नतमस्तक छु।  प्रिय फूल जसरी म याे दुई बर्ष तिमिसङ्ग हुन पाए  तिम्राे हरेक सुगन्धकाे म सङ्ग संग्राहलय बनेकाे छ।  प्रिय फूल तिम्राे कारणले मेराे याे दुई बर्षकाे यात्रा  जिन्दगीको अबिस्मरणिय यात्रा भयाे।  तिम्राे हसाई, तिम्राे रुवाई,  तिम्राे रिसाई, तिम्राे माया,  तिम्राे तिरस्कार, हरेक पल उत्तिकै प्याराे लाग्थ्याे मलाई।  प्रिय फूल तिमी जसकाे अाँगनिमा फुले पनि  मैले तिमिलाई...

आँसु पुछ्दै 'सिईओ'काे काेठाबाट बाहिरिएँ

Image
भुमेश काफ्ले  जुम्ला Breaknlinks सधैँ दाजुहरु सबैजना बिहानै खाना पकाएर कलेज जानुहुन्थ्याे। दिउँसाे खाना खान आउनु हुन्थ्याे। फेरि खाना खाएर कलेज गैहाल्नु हुन्थ्याे। दिनैभरि म काेठामा एक्लै हुन्थेँ। म प्राय एफएम सुनेर बस्थेँ। एफएममा लाेकगीतहरु बज्थे अनि म गाउँ, घर, परिवार, साथीभाईहरु सम्झेर खुबै रून्थेँ। दाजुका साथी मध्येका एकजना दाइ त्याे बेला गाेर्खा एफएममा काम गर्नुहुन्थ्याे। एउटा 'प्राेग्राम'मा कहिलेकाहीँ मलाई देउडा गाउन लगाउनु हुन्थ्याे। म पनि मस्तसँग देउडा गाउथेँ। दाइहरु मेराे देउडा खुबै रुचाउनु हुन्थ्याे। फ्ल्याटमा एकजना दाजुकाे कम्प्युटर थियाे। म सबैजना कलेज गएकाे मेसाे पारेर कम्प्युटर खाेल्थेँ। खुल्नेबित्तिकै देब्रेतिरकाे छेउमा तलतिर सानाे कुकुरकाे बच्चाजस्ताे आउँथ्याे। 'माउस'ले क्लिक गर्‍याे भने पुच्छर हल्लाउथ्याे। म क्लिक गरेर उसले पुच्छर हल्लाउँदा खुबै हाँस्थेँ। मलाई उसले पुच्छर हल्लाउदा खुबै रमाइलाे लाग्थ्याे। अषाढ मध्यतिर एसएलसीको नतिजा आउने हल्ला चल्याे। 'हिराे भएर रिजल्ट नहुँदै काठमाडौं आइयाे। फेल भएपछि कसरी घर फर्किनू' साेच्थेँ। म फ...

बा मलाई अझै पिट्नु हुन्छ र!

  'भाउअ उठ्ठैनस्, बेल (घाम लाग्याे) आग्या त। अबेला भैगाे', हजुरआमाले ढाेका ढकढक्याउनु भाे। म जुम्लाबाट ट्याक्टरमा काठमाडौं जाँदै गरेकाे सपना देख्दै थिएँ। भर्खर कलंकी पुगेकाे थिएँ। हजुरआमाले ढाेका ढक्ढक्याउदा झसङ्ङ भएँ। म त ओच्छ्यानमै रहेछु। मलाई जहिले पनि बिहानपखकाे निद्रा औधी प्याराे लाग्छ। सिरक च्यापेर एकछिन त सुत्न दिनू भन्दै कड्किए। मैले केही बेर अघि देखिरहेको सपनाकाे निरन्तरता चाहिरहेकाे थिएँ। जुन मेरा लागि असम्भव नै भइदियाे। जुम्लातिर जाैँ काटिसक्ने बित्तिकै राेपाइँकाे चटाराे सुरु हुन्छ। चटाराे यति धेरै हुन्छ कि 'मान्छे मरिहाल्याे भने पनि गुटुमुटु पारेर काममै जानुपर्छ' भन्ने छ। राेपाईंकाे लागि खेतमा पानी लगाउन जान पर्ने थियाे। पढाइसँगसँगै घरकाे सम्पूर्ण कामहरु गर्नुपर्थ्याे। बाबा व्यापारकाे लागि घर बाहिर हुने हुनाले प्राय: घरकाे काम मैले गर्नुपर्थ्याे। त्याे बेलामा दाजु उच्च शिक्षा अध्ययन गर्न पाेखरामा हुनुहुन्थ्यो। घरमा कसैकाे पनि भरपर्दाे खाले जागिर थिएन। बाबा गलैँचा, राडीपाखी, कम्बल, केही जडिबुटीहरुकाे व्यापार गर्न सधैFजसाे घरबाहिर हुनुपर्थ्याे। मेराे र भाइकाे ...